कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट बर्खास्त गर्न अखिल (क्रान्तिकारी) दाङको माग

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०७९, बिहीबार
2 Min Read
Aa

दाङ – नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेको प्रति खेद प्रकट गर्दै, घटनामा संलग्न सवैलाई तत्काल पकाउ गरि कानूनी दायरामा ल्याइ कार्वाही प्रक्रिया अगाडि बढाउन अखिल (क्रान्तिकारी) दाङले माग गरेको छ ।

बिहिवार अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराको हस्ताक्षर सहितको विज्ञप्ती जारी गर्दै, उक्त शिक्षक पाटेश्वर यादव यस अघि पनि विभिन्न घटनामा विवादित रहेकाले उक्त शिक्षकलाई कडा भन्दाकडा कार्वाही गरि तुरुन्त बर्खास्त गर्न सम्वन्धित पक्षलाई माग गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

राजपुर गाउँपालिका जनज्योती मा.वि. बेला कक्षा १२ मा अध्ययनरत विद्यार्थी मन्साराम यादवलाई उक्त विद्यालयमा अध्यापनरत निमावि, राहत शिक्षक पाटेश्वर यादवले आफ्नो छोरी सुनिता यादवसँग प्रेम सम्बन्धमा रहेको भन्दै योजनाबद्द रुपमा निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको घटना प्रति हाम्रो गौरवशाली विद्यार्थी संगठन अखिल (कान्तिकारी) दाङको गम्भिर ध्यानाकर्षण भएको विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

शिक्षक पाटेश्वर यादवले आफ्नी छोरी सुनिता यादवलाई प्रयोग गरी छोरीको मोवाइलबाट छोरीलाई नै फोन गर्न लगाएर जसरी हुन्छ नाच हेर्न बेला चोकमा बोलाई ज्यान मार्ने उद्धेश्यका साथ निर्घात कुटपिट गरि गम्भिर घाइते बनाएको कुराले हामीलाई दुखी तुल्याएको छ । घटना पछि म चोरी गर्न आएको थिएँ, चोरी गर्ने क्रममा घरधनीले फेला पारेको र सामान्य कुटपिटबाट सामान्य चोट पटक लागि घाइते भएकाले कहिँ कतै उजुरी गर्ने छैन भनि नक्कली कागज बनाई घटनालाई सामान्ययीकरण गर्न खोजेको प्रति खेद प्रकट गर्दै, घटनामा संलग्न सवैलाई तत्काल प्रकाउ गरि कानुनी दायरामा ल्याउन हार्दिक अनुरोध गर्दछौ’- विज्ञप्तीमा भनिएको छ ।

यस अघि पनि विभिन्न घटनामा विवादित रहेका उक्त शिक्षकलाई कडा भन्दा कडा कार्वाही गरि तुरुन्त बर्खास्त गर्न सम्बन्धित पक्ष संग माग गरिएको छ । साथै नेपालगञ्ज नर्सिङ होममा उपचारत घाइते विद्यार्थी मन्साराम यादवको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको सम्पूर्ण खर्च पिडित परिवारलाई उपलब्ध गराउन हुन सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

हेर्नुहोस विज्ञप्ती

No description available.

प्रतिक्रिया दिनुहोस्