गढवाबासीलाई विशेषज्ञ सहितको उपचार – अध्यक्ष पोखरेल

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

आलोक भावुक -गढवा

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलले समयमै निर्माण कार्य सम्पन्न गरेर गढवाबासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने बताए । गढवामा निर्माणाधिन १५ सैयाको गढवा स्वास्थ्य चौकीको स्थलगत अवलोकन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताए ।

कम्तिमा पनि यस स्वास्थ्य चौकी बाट विशेषज्ञ सहितको उपचार यहाँका जनताले पाउन सकेभने राम्रो होला’- अध्यक्ष पोखरेलले भने । अवलोकनका क्रममा अध्यक्ष पोखरेलले स्वास्थ्य शिक्षा जस्ता कुरालाई प्राथमिकता दिने बताए ।

No description available.

भवन निर्माणको कार्य द्रुत गतिमा अगाडी बढेको छ, यदि समयमै काम सम्पन्न भएन भने जनताले दुख पाउछन हामी यो बिषयमा पूर्ण जानकार भएको अध्यक्ष पोखरेको भनाई छ । जति सक्यो त्यति छिटो सेवा दिनु पर्ने बताए।

अहिले गढवामा पुरानो संरचना भत्काएर त्यहाँ १५ सैयाको नयाँ भवन निर्माण कार्य भैरहेको छ । भवन-निर्माण कार्य सुरु हुँदा स्वास्थ्य चौकीले दिदै आएको सम्पूर्ण आकस्मिक सेवाहरु बन्द रहेको र आकस्मिक सेवा बाहेक अन्यसबै सेवाहरु यथावत रहेको गढवा गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

No description available.

अनुगमनको क्रममा अध्यक्ष शर्माले स्वास्थ्य चौकी गढवाका डाक्टर लगाएतको टिम संग छलफल समेत गरेका छन । स्वास्थ्य चौकी गढवामा देखिएको समस्याको बारेमा छलफल गरिएको र तत्काल समाधानको विकल्प खोज्ने पनि उनको भनाई छ ।

No description available.

प्रतिक्रिया दिनुहोस्