तीव्रगतिमा उकालो लाग्दै कोरोना भाइरस, आज मात्र पाँच जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– केहि दिन यता कोरोना भाइरस तीव्रगतिमा उकालो लागि रहेको छ । नेपाल भारत सिमानाकामा कोरोना परिक्षण नगरी निर्वाध रुपमा आवतजावत हुने भएकोले पनि कोरोनाका बिरामीको संख्या दिनहुँ बढ्दै गएको छ । बिहिबार मात्र पाँच जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ८१५ जना नयाँ संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ४११जनाको पीसीआर परीक्षण गर्दा ४६५ जना र २ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ३५० जनामा संक्रमण देखिएको छ।

सोही अवधिमा ४७६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८६९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्