पौडेल र बस्नेतद्वारा वृद्धवृद्वालाई फलफूल वितरण

दाङ समाचार
दाङ समाचार २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका वडा नम्बर ६ देउपुर निवासी विजय पाैडेल र संजय बस्नेतले सडकबाट उद्दार गरिएका वृद्धवृद्वालाई फलफूल वितरण गरेका छन ।

राप्ती गाउँपालिकाे वडा नम्बर ८ पिपरीमा रहेको निल सागर सेवा आश्रममा पुगेर शुक्रबार पाैडेल र बस्नेतले संयुक्तरूपमा राप्ती गाउँपालिका अध्यक्ष एवम् संस्थाका अध्यक्ष प्रकाश विष्टलाई फलफूल हस्तान्तरण गरेका हुन ।

हिन्दु धार्मिक शास्त्र अनुसार हरेक वर्षको श्रावण महिनाको शुक्ल पूणिर्माका दिन मनाइने रक्षाबन्धन एवम् जनैपूणिर्मा पर्वकाे अवसरमा पौडेल र बस्नेत दुबैले आश्रममा बसाेबस गर्ने वृद्धवृद्वाको स्वास्थ्यमा विशेष ध्यान दिदै फलफूल वितरण गरेको बताए ।

आफूहरुले आवश्यकता परेको हरेक क्षेत्रमा सेवा सुविधा दिनका लागि चाहे त्यो सरकारी होस या गैरसरकारी सबै ठाँउमा सहयोग गर्ने कुरा विजय पाैडेलले बताए ।

सामाजिक कार्यमा समेत आफूलाई सक्रिय रुपमा सहभागी गराउँदै आएको बताउदै, पाैडेलले बाबुआमाको सम्मान र सेवामा लाग्न पनि सबैलाई आग्रह गरे ।

जेष्ठ नागरिकहरु जिउँदा इतिहास भएको बताउदै, अब बाबुआमालाई सम्मान गरेर घरमै राख्नेहरुलाई सम्मान गर्ने बाताबरण सृजना गर्नुपर्नेमा जोड दिए । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा रहेको नीलसागर सेवाश्रममा २१ जना जेष्ठ नागरिकहरू रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्