बानेश्वरको इनारमा खसेका युवकको उद्धार

दाङ समाचार
दाङ समाचार २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – काठमाडौं नयाँ बानेश्वरमा इनारमा खसेका युवकको उद्धार गरिएको छ । रक्सीले मातेर बानेश्वर-बिजुलीबजार सडक खण्डको सडक छेउमा रहेका व्यक्तिलाई प्रत्यक्षदर्शीहरुले उद्धार गरेका हुन् ।

घटनास्थलमा नै रहेकी एक युवतीले आफू बाननेश्वर चोकदेखि पछ्याउँदै आएका तीनजना मध्ये एक युवक इनारमा खसेको बताइन् ।

‘उनीहरु मलाई जिस्क्याउँदै आइरहेका थिए, म डरले भागेँ, मलाई पछ्याउने मध्य एक जना इनारको डिलमा बसेका थिए’, नाम उल्लेख गर्न नमानेकी उनले भनिन्, ‘थाकेर बसेछन् भन्ने ठानेर मैंले फर्केर हेर्दा त उनी इनारमा झरे ।

’ नजिकैको कार्यालयबाट भर्याङ्ग ल्याएर इनारमा खसेका व्यक्तिको उद्धार गरिएको थियो । उनलाई उद्धार गरेपछि सँगै आएका अरु २ जना साथीले लिएर भागेका छन् । उनीहरुको परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्