उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa
काठमाडौँ, २१ माघ रक्षा मन्त्रालयको आ.व. २०७८/७९को दोस्रो त्रैमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको शुक्रबार रक्षा मन्त्रायमा बसेको बैठकमा सहभागी प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडौं – नेपाली कांग्रेसले आगामी प्रतिनिध सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुवै तहका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको मनोनयनको पत्र पठाउने जिम्मा सभापति देउवालाई दिएको हो ।

बैठकले आवश्यक प्रक्रिया पुर्याएर पार्टीका सम्बन्धित निकायबाट नाम प्रस्ताव गर्न निर्देशन गर्ने र औपचारिक पत्र पठाउने जिम्मा सभापति देउवालाई दिने निर्णय गरेको हो ।

उम्मेदवारको नाम प्रस्ताव गर्ने समय भने बैठकले तोकेको छैन् । उपयुक्त समयमा पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिइने कांग्रेसले बताएको छ । निर्वाचनमा भाग लिन पार्टी दर्ता गर्ने प्रक्रियाको जिम्मा बैठकले कार्यालयका मुख्य सचिव कृष्ण पौडेललाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्