कांग्रेसको निर्वाचन केन्द्रित अभियान सर्‍यो

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेसको निर्वाचन केन्द्रित राष्ट्रव्यापी अभियान सरेको छ । भदौ २ गतेदेखि २४ गतेसम्मका लागि तय भएको अभियान ८ दिन छोट्याएर १० गतेलाई सारिएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको बैठकले अभियानलाई छोट्याएर केही दिन पछि सार्ने निर्णय गरेको हो । १० गतेदेखि सुरु भए पनि अभियान २४ गते नै सकिनेछ ।

भदौ महिनामै पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएकोले निर्वाचित केन्द्रित कार्यक्रमलाई छोट्याइएको हो । कांग्रेसका जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम ३० र ३१ गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्