मिटरब्याज पीडितहरूले ५ भदौभित्र प्रमाणसहित उजुरी दिनुपर्ने

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडाैँ – विशेषगरी तराईका जिल्लाहरूमा केही समययता मिटरब्याजका कारण पीडित हुनु परेको घटना सार्वजनिक भएको भन्दै गृह मन्त्रालयले प्रहरीमा उजुरी गर्न सूचना जारी गरेको छ।

नवलपरासी पश्चिम प्रतापपुरका केही यस्तै पीडितहरू न्याय माग्दै काठमाडौँस्थित माइतीघरमा धर्नामा रहेको विषय पनि वार्ताबाट सुल्झाउने कार्य भइरहेको जानकारी दिँदै देशका अन्य स्थानमा पनि यस्तै घटान भएको भए उजुरी गर्न मन्त्रालयले सूचना जारी गर्दै आग्रह गरेको हो।

सूचना अनुसार भदाै ५ गतेभित्र आफ्नाे जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा बढी तथ्यसहित उजुरी दर्ता गर्नुपर्नेछ। गृहले देशैभर मिटरब्याजीकाे जालाे फैलिएकाे हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै यस्ताे आग्रह गरेकाे हाे।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्