देउखुरीका चार जना पत्रकार सम्मानित

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

दाङ – जातिय भेदभाव तथा छुवाछूत विरूद्व निरन्तर रूपमा कलम चलाई समतामूलक समाज निर्माणका लागि योगदान पुर्‍याएकाे भन्दै दलित सचेतना अभियान दाङले देउखुरी क्षेत्रका सक्रिय पत्रकारहरुलाई प्रमाणपत्रले सम्मान गरेको छ ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासंघ दाङका सहसचिव दशरथ घिमिरे, तुलसीपत्र राष्ट्रिय दैनिक देउखुरीका प्रतिनिधि प्रिया स्मृती गजमेर, गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रतिनिधि शिबु खनाल, अरुणकुमार नेपाली र भानु जोशी रहेका छन ।

दलित सचेतना अभियानको अध्यक्षमा नेपाली

दलित सचेतना अभियान दाङको १३ औँ वार्षिक साधारणसभा तथा चाैथाे अधिवेशन लमहीमा सम्पन्न भएको छ । अधिवेशनले शसिराम नेपालीको अध्यक्षतामा तेह्र सदस्यीय कार्य समिती चयन गरेको छ ।

जस्को उपाध्यक्षमा तेजाबहादुर विश्वकर्मा, सचिबमा प्रिया स्मृती गजमेर, कोषाध्यक्षमा दानबहादुर नेपाली, सहसचिवमा तुलसा विक, सदस्यमा सुमित्रा विक, सम्झना नेपाली, हुकुमी सुनार, श्रीष्टी परियार, खडक बहादुर नेपाली, नारायण परियार, नानुराम परियार, जोख बहादुर विक र तुलसा विक रहेका छन ।

आज सम्पन्न भएको १३ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रममा संस्थाका अध्यक्ष शसिराम नेपालीको अध्यक्षता तथा शहरी विकास मन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष तेजाबहादुर विश्वकर्मा र सहजीकरण गोपाल विकले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्