बंगलाचुलीलाई १६ लाख बराबरको स्वास्थ्य उपकरण प्रदान

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०७९, शनिबार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले दाङको बंगलाचुली गाउँपालिकालाई विभिन्न प्रकारका स्वास्थ्य उपकरण दिएको छ । मन्त्रालयले करिव १६ लाख बराबरको डिजीटल स्वास्थ्य उपकरण पालिकालाई उपलब्ध गराएको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन शुवासले जानकारी दिए ।

अध्यक्ष पुनका अनुसार मन्त्रालयले ऐक्सरे मेसिन १ , ईसीजी मेसीन १, प्यासेन्ट मनिटर मेसीन १ र युएसजी मेसीन एउटा गरी जम्मा १५ लाख ८३ हजार ५ सय ३७ को स्वास्थ्य उपकरणहरु गाउँपालिकालाई दिएको हो । स्वास्थ्य मन्त्रालयले गाउँपालिकालाई दिएको सबै उपकरण आधुनिक स्तरका रहेको बताईएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष पुनको विशेष पहलमा लुम्बिनी प्रदेश स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयले स्वास्थ्य उपकरणहरु दिएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष पुनले भने, मैले स्वाथ्य मन्त्री ज्यूलाई अस्पतालको स्वाथ्य उपकरणका लागि पहल गरेको थिँए । उनकै सिफारिसमा अहिले यो सामग्रीहरु मन्त्रालयले गाउँपालिकालाई उपलब्ध गराएको हो‘ ।अध्यक्ष पुनले बंगलाचुली गाउँपालिकाका नागरिकलाई पालिका भित्रै गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आफुहरुले हरेक प्रयत्न जारी राखेको बताए । बंगलाचुली गाउँपालिकाले अहिले १५ शैय्याको अस्पताल निर्माण गरी संचालन गरि सकेको छ ।

सम्भवत नेपालमै १५ शैय्या अस्पताल संचालन गर्ने पहिलो पालिकामा बंगलाचुली गाउँपालिका रहेको छ । पालिकाले संचालन गरेको अस्पतालबाट हाल प्रसुती सेवा, ओपिडि सेवा, बिरामीलाई आवश्यक पर्ने निःशुल्क औषधी वितरण जस्ता सेवा प्रभाव भईरहेको अस्पतालका प्रमुख सिअहेव अधिकृत नेव बहादुर केसीले जानकारी दिए । उनका अनुसार हाल बंगलाचुली अस्पतालको अन्य भौतिक निर्माणका कामरु पनि धमाधम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्