आलोक भावुक – गढवा
कार्यक्रमका प्रमुख अतिथी तथा गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माले सहकारी संस्थाहरु जनताको सेवा मुखी भएर काम गर्नु पर्ने बताए । देउखुरी उपत्यका कृषिको पकेट क्षेत्र भएकोले सस्तो व्याजदरमा किसानलाई ऋण लगानी गरेर उनीहरुको जीवन स्तर उकास्न तिर पनि सहकारीले ध्यान दिनु पर्ने अध्यक्ष पोख्रेलले बताए ।
गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा रहेको ओम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शाखा कार्यालयको उद्घाटन गर्ने क्रममा सो कुरा बताए ।
आजको युग प्राबिधिको युग भएकोले अधिकांश सेवाग्राहीहरुले अनलाइन मार्फत कारोबार गर्न, मोबाइल ब्याङ्किङ सेवा सुरु गरेकोले यसबाट सेवाग्राहीहरुमा सुविधा लिन सहजहुने बताए । अध्यक्ष शर्माले सहकारी संचालनका लागि आवश्यक सहयोग र सहकार्यका लागि आफू तयार रहेको बताए ।
संस्थाको निति तथा कार्याक्रमको बारेमा संस्थाका प्रबन्धक ओम प्रकाश चौधरीले जानकारी दिदैं स्थानीय सेवाग्राहीहरुलाई घरघरबाट सेवा दिन आफुहरु तत्पर रहेको भन्दै सम्बन्धित निकाय र विभिन्न संघ संस्थाको सहयोग पाए जनताको माग अनुसारको सेवा सुविधा दिन संस्था सधै अग्रसर रहेको बताए ।
केन्द्रीय कार्यालय र सेवा केन्द्रहरुबाट ओम बचत तथा ऋण सहकारी संस्थाले छिट्टै एटीएम सञ्चालन गर्ने, एसएमएस, स्मार्ट बैंकिङ र क्युआर कोड प्रविधिबाट ग्राहकलाई सेवा दिँदै आएको संस्थाका अध्यक्ष मनिराम चौधरी ले जानकारी दिए ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, नवनिर्वाचित प्रतिनिधि र स्थानीयहरुको उपस्थिति रहेको थियो। संस्थाकी व्यवस्थापक चन्द्रा जिएमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संस्थाकी सचिव अन्जिता चौधरीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्