पौडी खेल्न गएका पोखरेलको खोलामा डुबेर मृत्यु

दाङ समाचार
दाङ समाचार २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ– पौडी खेल्ने क्रममा दाङमा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरका २६ वर्षीय निराजन पोखरेल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरी प्रमुख काफ्लेका अनुशार शनिबार साथीहरूसँग घोराही उपमहानगरपालिका वडा नबर २ स्थित अर्जुन खोला र मुसोट खोलाको दोभानमा नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो ।

दिउँसो नुहाउने क्रममा मान्छे डुबेको सूचना पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेटक्वाटर  डिएसपी नवीन बुढाथोकीको नेतृत्वमा १९ जनाको टोली खटिएको थियो ।

खोज तलास गर्ने क्रममा पोख्रेलको शव खोचमा अड्किएको अवस्थामा फेला परेको थियो । मृतक निराजन आफ्ना अन्य दुई जना साथीसहित पौडी खेल्न पुगेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्