बसले मोटरसाइकललाई ठक्कर दिंदा श्रीमान् श्रीमती गम्भीर घाइते

दाङ समाचार
दाङ समाचार २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

दाङ – देउखुरीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ३ मौरिघाट निवासी वर्ष १९ गेहेन्द्र गुप्ता र उनकी श्रीमती १९ वर्षिया बिन्दु गुप्ता रहेका छन । घाइते गेहेन्द्रको टाउकोमा गहिरो चोट लागेको छ । उनीहरु श्रीमान् श्रीमती हुन् ।

लमही नगरपालिका वडा नम्बर ४ बयलडाँडा नजिक गुप्ता दम्पती सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । आइतबार अपरान्ह सवा चार बजेतिर गुप्ता दम्पती माइती घर गढवाबाट आफ्नो घर मौरिघाट तिर फर्किदै गर्दा दुर्घटना भएको हो ।

गढवा देखि लमही तर्फ आउँदै गरेको रा ७ प ३९२३ मोटरसाइकल र लमहीबाट गढवा तर्फ जाँदै गरेको भे १ ख २८७९ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

घाइते मध्य गेहेन्द्र गुप्ताको अवस्था नाजुक रहेको छ, घाइते दुबैलाई लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्