पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

दाङ समाचार
दाङ समाचार २९ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।

बाटो खनिरहेको अवस्थामा आइतबार बिहान करिब ९ बजेतिर माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका– १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए। प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्