करिडाेर निर्माण गर्ने सरकारको महत्वकांक्षि योजना

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०७९, सोमबार
4 Min Read
Aa

दाङ – राप्ती नदिकाे दुबै किनारमा पक्की सडक निर्माण गरेर राप्ती करिडाेर निर्माण गर्ने महत्वकांक्षि याेजना सरकारले अघि सारेकाे छ । नेपाल सरकार शहरी विकास मन्त्रालय र एसियाली विकास बैंककाे संयुक्त लगानीमा करिडाेर निर्माण हुने सहरी विकास मन्त्री मेटमणी चाैधरीले जानकारी दिए ।

राप्ती नदिमा आउने बाढीका कारण हुने कटान, डुबानकाे समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने र नदि किनार क्षेत्रलाइ पर्यटकिय गन्तब्य बनाउने लक्ष्य राखिएको उनले बताए ।`याे परियाेजनाले राप्ती नदिकाे समस्यालाई सधैंकाे लागि समाधान गर्नेछ´उनले भने-´सैयाैं विगाह जमिन उकास हुन्छ ।

नदिलाई आधार मानेर नयाँ शहर निर्माण पनि अघि बढ्छ ।´ लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र भएकाले पनि नदिकाे व्यवस्थापन जरुरी रहेकाे र त्यसमा तीन तहकै सरकारकाे समन्वय तथा सहकार्य रहने बताए ।

नदिकाे दुबै तर्फगरी १३५ किलोमिटर लम्बाईकाे २१ मिटर मिटर चाैडा सडक निर्माण गरिने, जसकाे लागि १० अर्ब बजेट आवश्यक पर्ने शहरी विकास मन्त्रालयमा महानिर्देशक सुरेन्द्र माेहन श्रेष्ठले जानकारी दिए । राप्ती नदिकाे दाङ खण्डमा नदिकाे एउटा किनार ६७.५ किलोमिटर र अर्काे किनार ६८.३ किलोमिटर लामाे रहेकाे छ ।

`नाैलाे साेच हाे । भालुवाङ देखि बाँकेकाे अगैया सम्मकाे याेजना हाे´उनले भने-`पर्यावरण जाेगाएर काम हुन्छ । सकेसम्म कमक्षति हुने गरि ४ वटा शहर बसाउने याेजना छ । एउटा भालुवाङ शहर भइहाल्यो । अर्काे गढवा, राजपुर र बाँकेकाे अगैया हुनेछ ।´ शहरी विकास मन्त्रालयले करिडाेरकाे डिपिआर तयार पार्ने र एसियाली बिकास बैंक संग साझेदारी गरेर करिडाेरकाे काम सुरु हुने छ । एडिबिका कन्ट्री डाइरेक्टरसंग भएको बैठक पछि करिडाेर शिलान्यासकाे याेजना बनेकाे मन्त्रालयले जनाएको छ ।

प्रगन्ना सिंचाइकाे इन्टेक नजिक करिडाेरकाे शिलान्यास

राप्ती नदिकाे दुबै किनारबाट करिडाेर बनाउनेगरी साेमवार शिलान्यास गरिएको छ । शहरी विकास मन्त्री मेटमणी चाैधरीले करिडाेरकाे शिलान्यास गर्दै छिट्टै निर्माणकाे काम सुरु हुने बताए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टकाे अध्यक्षमा राप्ती गाउँपालिका १ पाखापानी ईन्टेक नम्बर २ मा करिडाेरकाे शिलान्यास गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले राप्ती नदि क्षेत्रलाई करिडाेरले पर्यटकीय गन्तब्य बनाउने विश्वास व्यक्त गरे ।`राप्ती नदिमा करिडाेर बनेमा पर्यटकीय गन्तव्य बन्ने छ´बिष्टले भने-`छिटाे काम अघि बढाेस, हामी यहीँ चाहन्छौं ।´ सरकारले अहिले सम्म दुई स्थानमा करिडाेरकाे काम गरेकाे र राप्ती नदिमा बन्न थालेकाे करिडाेर तेस्राे भएको मन्त्रि चाैधरीले बताए । धाेबि खाेला, बागमती पछि राप्ती काेरिडाेर हाे ।

राप्ती तटबन्ध गर्न एडिबिकाे डेढ अर्ब

चालू आर्थिक बर्षमा राप्ती नदिमा तटबन्ध गर्न यस बर्ष एसियाली विकास बैंकले डेढ अर्बकाे लगानी गर्न थालेकाे छ ।
जनताको तटबन्ध कार्यालय मार्फत जाेखिमपूर्ण ठाउँ सुरक्षित गर्न बृहत तटबन्धकाे कार्यक्रम रहेकाे जनताको तटबन्ध कार्यालयका इञ्जिनियर सूर्यदेव नायकले बताए ।`करिब १३ किलोमिटर क्षेत्रमा तटबकाे कार्यक्रम छ ।

याेजनाकाे ठेक्का काठमाडौंबाट भएको छ । अब केही दिनमा टुंगिन्छ´उनले भने-´जनताकाे तटबन्ध कार्यालयले काम अघि बढाउछ ।´ बिगतमा पनि जनताको तटबन्ध कार्यालयले नदि तटबन्धकाे याेजना अघि बढाएको थियाे ।

बजेट अभावका कारण २०७४ सालमा ठेक्का गरिएको स्थानकाे काम अझै सकिएको छैन । बजेट अभाव झेलेकाे तटबन्धको कामलाई अघि बढाउन दातृ नियकाकाे खाेजि गरिएको हाे । बाँकेकाे अधिकांस क्षेत्रमा भारतले तटबन्ध गर्ने र दाङ खण्डमा एडीबीकाे सहयाेगमा काम अघि बढ्ने भएको हाे ।

प्रतिक्रिया दिनुहोस्