रौतहटबाट चुनाब लड्ने माधव नेपालको तयारी

दाङ समाचार
दाङ समाचार ३१ श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका छन् ।

गृह जिल्लाबाटै चुनाव लड्ने चाहना र रौतहट सुरक्षित पनि भएकाले नेपालले रौतहटबाट चुनाव लड्ने योजना बनाएको उनको निजी सचिवालयले जनाएको छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौं–२ बाट चुनाव लडेका थिए । तर स्थानीय तह निर्वाचनको परिणामले काठमाडौं–२ भन्दा रौतहट–१ सुरक्षित हुने देखिएपछि नेपाल चुनाव लड्न रौतहट नै फर्किने मनस्थितिमा पुगेको उनी निकट एक नेताले बताए । गत स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीले गौरसहित चारवटा पालिका जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्