पश्चिम सेती जलविद्युत् आयोजना निर्माणको लागि भारतीय कम्पनीसँग समझदारी पत्रमा हस्ताक्षर हुँदै

दाङ समाचार
दाङ समाचार १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाठौं – सरकारले पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको भोलि (बिहीबार)सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ।

लगानी बोर्डको ५२ औं बैठकको निर्णयअनुसार इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना तथा इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी–६ जलविद्युत् परियोजना विकासको लागि विस्तृत परियोजना अध्ययन सर्वेक्षण अनुमति पत्र जारी गर्न भारतीय कम्पनी एनएचपीसी लिमिटेडसँग सम्झौता पत्रमा भोलि हस्ताक्षर हुने भएको हो।

प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले भोलि समझदारी पत्रमा हस्ताक्षर गर्ने भएका हुन्। पटक–पटक सम्झौता, तर भएन काम बैतडी, बझाङ, डडेलधुरा र डोटी गरी ४ जिल्ला प्रभावित हुने उक्त आयोजना सन् १९८१ मै अध्ययन सुरु गरिएको थियो।

पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि सन् २००३ मै भारतीय कम्पनी पावर ट्रेडिङ कर्पोरेसनसँग सम्झौता भएको थियो।

उक्त कम्पनीले काम अगाडि बढाउन नसकेपछि २०६८ सालमा सरकारले ठेक्का तोडेको थियो। यस्तै अस्ट्रेलियन कम्पनी स्नोइ माउन्टेन कर्पोरेसन स्मेकले निर्माणको अनुमति लिएको थियो।

त्यसपछि चिनियाँ कम्पनी थ्री गर्जेजसँग परियोजना अगाडि बढाउन सम्झौता भएको थियो। पाँचवर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसनले जिम्मा लिएर काम अगाडि बढाउन सकेन।

उक्त कम्पनीले पनि काम अगाडि बढाउन नसक्दा परियोजना अलपत्र अवस्थामा रह्यो। ती कम्पनीहरूले लामो समय आयोजना ‘होल्ड’ मात्र गरेर बसेपछि भारतीय कम्पनी एनएचपीसी लिमिटेड सँग सम्झौता हुन लागेको हो।

प्रतिक्रिया दिनुहोस्