पश्चिम नवलपरासीबाट ३० बोरा अवैध चिनी बरामद

दाङ समाचार
दाङ समाचार १ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड नवलपरासीले भारतबाट ल्याउँदै गरेको १२ लाख बराबरको अवैध चिनी बरामद गरेको छ।

मंगलबार पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको १२ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको ३० बोरा चिनी बरामद गरिएको हो।

यस्तै सशस्त्र प्रहरी बल नेपाल बिओपी भुजहवाले सोही जिल्लाको सरावल गाँउपालिका ७ बाट करिब ५६ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा पनि बरामद गरेको छ।

यसअघि सोही जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट साउन २१ गते सशस्त्र प्रहरीले करीब ३ लाख ४४ हजार रुपैयाँ बराबरको नम्बर प्लेट नभएको एउटा ट्रयाक्टर, ट्रली र त्यसमा रहेको अवैध कवाडी सामान नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरीले बरामद सामान आवश्यक कारबाहीका लागि लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाएको छ।

यसैगरी राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले साउन २२ गते पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाँउपालिका ५ बाट बिल बिजक नभएको पाँच बोरा लत्ताकपडासहित एउटा सवारी साधन नियन्त्रणमा लिएको थियो।

 यूपी ५३ एम १८०० नम्बरको अल्टो कारमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडाको बिल बिजक नभएको फेला परेपछि उक्त लत्तापकडा कारसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइएको छ।

प्रतिक्रिया दिनुहोस्