माओवादीमा २१ सदस्यीय पदाधिकारी हुने, उपमहासचिव ७ जना

दाङ समाचार
दाङ समाचार ३ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेकपा माओवादी केन्द्रमा २१ सदस्यीय पदाधिकारी हुने भएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको संख्या प्रस्ताव गरेका थिए ।

एक स्थायी समिति सदस्यका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र १ मात्रै उपाध्यक्ष हुने छन् । त्यस्तै महासचिव, ७ उपमहासचिव र ९ सचिव हुने छन् । एक कोषाध्यक्ष हुने छन्।

वरिष्ठ उपाध्यक्षमा नाराणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यसअघि नै घोषित भइसकेका छन् । उपाध्यक्ष एक जना मात्रै रहने निश्चित भए पनि २१ जना पदाधिकारी नबढ्ने गरि उपमहासचिव र सचिवको संख्यामा भने हेरफेर हुने सक्ने एक जना स्थायी समिति सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्