दाङको राजपुरमा झाडापखालाबाट एकको मृत्यु

दाङ समाचार
दाङ समाचार ३ भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – नेपाल भारत सिमा क्षेत्र राजपुरमा झाडापखालाबाट एकजनाकाे मृत्युु भएको छ भने १७ जना विरामी भएका छन् । उनिहरू मध्ये तिनजनाकाे अवस्था गम्भीर रहेको छ । झाडापखालाबाट मृत्यु हुनेमा राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगाैरी निवासी ७ वर्षिय सम्झना परियार रहेकाे दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

No description available.

झाडापखालाले एक जनाको मृत्यु भएको खबर आएलगत्तै त्यहाँ गाउँ पालिकाको स्वास्थ्य टोली पुगी सकेको छ, प्रहरी परिचालन भएको छ, हामीले पनि त्यहाँको वस्तुस्थिति बुझेर खबर गर्न भनेका छौं’- रेग्मीले भने । स्थिति भयाबह हुन् नदिनका लागि जिल्लामा डाक्टर सहितको अर्को टोली तयारी अवस्थामा राखेको उनले जानकारी दिए । जतिबेला आवश्यकता हुन्छ हामीले तुरुन्तै परिचालन गर्ने छौं’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

झाडापखाला बाट राजपुर गाउँपाफिका वडा नम्बर ७ भैसाहीँनाका पलानगाैरी निवासी ९ वर्षिय अस्मिता बुढा, साेही ठाउँ निवासी २८ वर्षिय लालमति परियार, उनकी छाेरी ३ वर्षिय सपना परियार, ५३ वर्षिय शेसमती बुढाथोकी, २३ वर्षिय विमला राना, एक वर्षिय (बालक) हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरी झाडापखालाबाट ग्रसित भएका छन।

No description available.

यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी ३५ वर्षिय गंगाराम परियार, ३८ वर्षिय केशरबहादुर घर्ती, २८ वर्षिय प्यारी राना, १२ वर्षिय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षिय शाेभा गिरी, ३७ वर्षिय सुनमालि कँवर, ३३ वर्षिय पार्वती कँवर , एक महिने बालिका तुलसी घर्ती रहेकी छन ।

झाडापखालाबाट गम्भीर विरामी परेका तिनजनाको अवस्था अहिले सामान्य बन्दै गएको राजपुर स्वास्थ्य चौकी प्रमुख कीमबहादुर रावतले बताए । मुख्य कुरा पानी सफा नहुनु र सरसफाईको कमीले यस्तो समस्या आएको देखिन्छ प्रमुख रावतले भने ।

अहिलेपनि राजपुर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख रावत स्वास्थ्यकर्मी टोलीका साथमा झाडापखाला प्रकोप स्थलमै भएको गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्