बाँके केन्द्रविन्दु बनाएर ४.८ म्याग्नेच्युडको भूकम्प

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाँकेमा केन्द्रविन्दु भएर राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको हो।

अमेरिकी भूगर्भ विभाग (युएसजीएस) ले भने नेपाल र भारतको सीमा क्षेत्रमा ४.९ म्याग्नेच्युडको भूकम्प गएको जनाएको छ । युएसजीएसले नेपालको गुलरियादेखि १३ किलोमिटर दूरीमा १० किलोमिटर गहिराइमा केन्द्रविन्दु बनाएर भूकम्प गएको उल्लेख गरेको छ।

मध्यराति भूकम्प गएपछि त्यस क्षेत्रका मानिसहरु त्रसित भएका थिए । भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्