क्यान र क्रिक एचक्युबीच तीन वर्षको लागि सम्झौता

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटमा विश्वकै ठूलो डिजिटल प्लेटफर्म कम्पनी क्रिक एचक्युसँग सम्झौता गरेको छ । क्यानले शनिबार एक विज्ञप्ति निकाल्दै न्युजिल्याण्डको कम्पनी क्रिक एचक्युसँग तीन वर्षको सम्झौता गरिएको जनाएको छ ।

क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म क्रिक एचक्युसँगको साझेदारीले सबै तहका क्रिकेटका डिजिटलाइजेसन, लाइभ स्कोरिङ र स्ट्रिमिङलगायत प्राविधिक विकास ल्याउन मद्दत पुग्ने विश्वास लिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिक एचक्युसँगको साझेदारीले उत्साहित रहेको र यस सहकार्यले क्यानका लागि पूर्ण डाटाबेस विकास गर्नमा धेरै मद्दत पुग्ने बताए ।

उनले भनेका छन्, ‘क्यानले क्रिक एचक्युसँग साझेदारी गरेकोमा हामी हर्षित छौं। म विश्वस्त छु कि हाम्रो साझेदारीले क्यान को लागि एक पूर्ण डाटाबेस विकास गर्नमा धेरै अगाडि जानेछ जसले हाम्रा प्रशिक्षक, सहयोगी कर्मचारी र खेलाडीहरू अझ राम्रो प्रदर्शन गर्न मद्दत मिल्नेछ ।

’ क्रिक एचक्युका सीईओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट धेरै उत्साहित भएको बताउँदै नेपाली क्रिकेटको डिजिटलाइज गर्न मद्दत गर्न तत्पर रहेको बताए । ‘नेपाल क्रिकेट संघसँगको हाम्रो साझेदारीबाट म धेरै हर्षित र साँच्चै उत्साहित छु।

हामी उनीहरूलाई खेलका सबै तहहरूमा उनीहरूको क्रिकेट समुदायलाई डिजिटलाइज गर्न मद्दत गर्न तत्पर छौं,’ वाल्सेले थपे, ‘क्रिक एचक्यु सँगसँगै माई एक्सन रिप्लेले क्यान लाई आफ्ना खेलाडीहरू, फ्यानहरू र फराकिलो क्रिकेट समुदायको पनि संलग्न हुन सक्ने डेटा सङ्कलन गर्न मद्दत गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्