उपसभामुख भुसाललाई मातृशोक

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौँ – प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको शनिबार बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो।

दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुनुहुन्छ। उनको शनिबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्