गुल्मीको जंगलमा महिलाको शव भेटियो

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – गुल्मीको इस्मा गाउँपालिका– १ हस्तीचौर स्थित बसेनी सामुदायिक वनमा एक महिलाको शव भेटिएको छ । शनिबार स्थानीय वासिन्दाले गाईवस्तु चराउने क्रममा शव देखेपछि वडाअध्यक्षलाई खबर गरेका थिए ।

शवको पहिचानको लागि प्रहरीलाई खबर गरिएको वडाअध्यक्ष शेरबहादुर कुँवरले बताए । शरीरमा रातो चोलो लगाएको आधारमा शव महिलाको हुनसक्ने अनुमान गरिएको वडाअध्यक्ष कुँवरले बताए ।

शवको पहिचान र थप अनुसन्धानको लागि टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्