भदौ १० देखि कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने

दाङ समाचार
दाङ समाचार ४ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसले ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भदौ १० देखि २४ सम्म चुनावी अभियान घोषणा गरेको छ ।

‘जनताको साथमा कांग्रेस’ नामको उक्त अभियानका ७७ जिल्लामा नै केन्द्रीय प्रतिनिधि खटाउने र केन्द्रीय प्रतिनिधिका लागि आइतबार अभिमुखीकरण कार्यक्रम राखेको छ ।

केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।  यो अभियानका लागि प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउन सक्नेछ ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने प्रवक्ता महतले जानकारी दिए । यो अभियानपछि अर्को चरण समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएपछि सञ्चालन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्