कुटपिटबाट वृद्धको मृत्यु

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – कपिलवस्तुमा सिँचाइ कुलोको विषयमा भएको विवादमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ बर्षका अब्दुल जब्बार धुनियाको कुटपिटबाट मृत्यु भएको हो । स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८ वर्षका अब्दुल रहमानलाई कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते धुनियाको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेकोमा सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न बाबु छोरालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्