बसको टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाण्डौ – सप्तरीमा गुडिरहेको माइक्रोबस टायर पड्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत अग्निसाइर कृष्णासवरण गाउँपालिका–६ मा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख २३१० नम्बरको माइक्रोबसको पछाडिको टायर पड्किएपछि अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कन्काई नगरपालिका ८ बस्ने ५२ बर्षीया अमृता ओलीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले बताए । गम्भीर घाइते भएकी उनलाई अस्पताल पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

उक्त दुर्घटनामा माइक्रोबस चालक झापाको बिर्तामोड नगरपालिका-४ का ४३ बर्षीय दुर्गाबहादुर मगरसहित १३ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्