कृत्रिम तालमा डुबेर दाङमा एक जना बेपत्ता

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – कृत्रिम तालमा डुबेर दाङमा एक जना पुरुष बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका ४० वर्षीय अम्मर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

घोराही उपमहानगरपालिका-१७ कर्जाहीस्थित रहेको एक कृतिम तालमा चौधरी सोमबार बिहान घरबाट घोङगी खोज्न गएको बेला पानीमा डुबेर बेपत्ता भएका थिए ।

स्थानीयले खबर गरेपछि प्रहरी घटना स्थल पुगेर खोजी कार्य सुरु गरेको थियो । अहिले पनि बेपत्ता चौधरीको खोजी कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्