एकैपटक २४ सहसचिव सरुवा

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ सहसचिवको सरुवा गरेको छ। मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको मन्त्रीस्तरीय निर्णय गर्दै राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका कर्मचारीको सरुवा गरेका हुन्।

चितवन महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम बन्धु सुवेदीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका ज्ञानप्रसाद ढकाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेश नं १ का प्रदेश सचिव ईश्वरकुमार गिरिलाई सोही प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा सरुवा गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयका प्रदेश सचिव ओमबहादुर खड्कालाई बागमती प्रदेश प्रमुखको कार्यालय, ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयका रामकुमार श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेश, वन तथा वातावरण मन्त्रालयका उद्ववबहादुर घिमिरेलाई वन वातावरण तथा भू-संरक्षण मन्त्रालय लुम्बिनी प्रदेश, र वेदकुमार ढकाललाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्