उपेन्द्र यादवले मागे मुख्यमन्त्री राउतको राजीनामा

दाङ समाचार
दाङ समाचार ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।

पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त पद छाड्न निर्देशन दिएका हुन् ।

‘अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’

ती नेताका अनुसार पछिल्लो राजनीतिक समिति बैठकमै यादवले राउतलाई मुख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्