कैदी फरार घटनाः नख्खु कारागारका प्रहरी प्रमुख हटाइए

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

कठमाडौं– नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका कैदी अस्पतालबाट फरार भएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले नख्खु कारागारको सुरक्षाका लागि खटिएका प्रहरी प्रमुखलाई जिम्मेवारीबाट हटाएर अनुसन्धान सुरु गरेको हो। उक्त घटनालाई लिएर कैदीबन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई समेत निलम्बन गरिएको छ।

रामेछाप घर भइ नख्खु कारागारमा कैद सजाय भुक्तान गरिरहेका ३८ वर्षीय भोला बुढाथोकी उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल लगिएको बेला फरार भएका थिए।

कारागार कार्यालय ललितपुरका अनुसार बिरामी भएपछि २ जना कैदीलाई वीर अस्पताल लगाइएको थियो भने बुढाथोकीलाई टिचिङ लगिएको थियो। सो क्रममा उनी एक हातमा हत्कडी नै भएको अवस्थामा फरार भएका हुन्।

बुढाथोकी फरार भएको घटनाको सन्दर्भमा छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) देबेन्द्र बहादुर पालको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको छ।

प्रतिक्रिया दिनुहोस्