इलामबाट झलनाथ खनाल र सञ्जीव राईको नाम सिफारिस

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा एकीकृत समाजवादी इलामले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम-१ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नाम सिफारिस गरिएको छ ।

इलाम–२ बाट भने युवा संघका केन्द्रीय उप-महासचिव सञ्जीप राईको नाम सिफारिस गरिएको छ । प्रदेशसभा सदस्यका लागि इलाम-१ (क र ख) मा भक्त केसी, खिनु लङुवा, जितबहादुर राई, बृहस्पति खतिवडा र सावित्रा गड्तौलाको नाम सिफारिस गरिएको छ ।

इलाम–२ (क र ख) मा हरि बाला, प्रमिला बस्नेत, सञ्जीप राई, सोम शर्मा, हर्क साम्बाको नाम सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्