पत्रकार कडेँलको घरमा चोरी

दाङ समाचार
दाङ समाचार ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ –  तुलसीपुर निवासी पत्रकार देवराज कडेँलको घरमा चोरी भएको छ । तुलसीपुर ९ दोघरे निवासी पत्रकार कडेलको घरमा विहीबार दिउसो चोरी भएको हो ।

घरबाट ५ तोला सुन,५० हजार नगद, कुमारी बैंकको एटीएम चोरी गरेका हुन् । घरमा कोही नभएको मौका छोपी पौने १ बजेतिर घर सरियाले ताल्चा खोलेर चोरी गरेको पत्रकार कडेलले बताए ।

‘आमा एकैछिन छिमेकीको घरमा जानु भएको रहेछ’,उनले भने‘त्यही मौका छोपी चोरले सबै सामान चोरी गरेछ ।’

कडेलका अनुसार यस अघि पनि चोरीका प्रयास भएका थिए । यो विषयमा पटक–पटक प्रहरीलाई पनि खबर गरिएको थियो । प्रहरीले चोरी गर्नेको खोजी कार्य भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्