हतियार प्रयाेग गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०७९, शनिबार
0 Min Read
Aa

काठमाण्डौ – श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका झापा गाउँपालिका-६ चन्द्रबस्तीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

४० वर्षीय नाइके हास्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ वर्ष‍ीया तालामाई हास्दाको गए राति हत्या गरेका थिए।

हत्या गरेलगत्तै फरार भएका नाइकेलाई कचनकवल गाउँपालिका १ को नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले बताए। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्