नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

दाङ समाचार
दाङ समाचार ११ भाद्र २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ पुगेको छ।

शनिबार ३९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ६१२ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। गत २४ घण्टामा देशभर ६४३ पीसीआर तथा २ हजार १९६ एन्टिजेन परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्