होल्दे घिमिरे समाजद्वारा जेष्ठतम् अभिभावकलाई सम्मान

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

दाङ – होल्दे घिमिरे समाज दाङले होल्दे घिमिरेका सबैभन्दा ज्येष्ठतम् व्यक्तित्व प्युठान क्वाडी निवासी ९१ वर्षिय घनश्याम उपाध्यायलाई क्वाडी स्थित उनकै निवासमा एक कार्यक्रमका बिच सम्मान गरेकाे छ ।

उपाध्यायलाई होल्दे घिमिरे समाज दाङका अध्यक्ष इश्वरी प्रसाद घिमिरे, संरक्षक शेषमणि घिमिरे, सल्लाहकार गुणानिधि घिमिरे, सचिव शशिधर घिमिरे तथा सदस्य पदम घिमिरेले दोसल्ला, सम्मान पत्र, टीका तथा उपहार प्रदान गरी सम्मान गरेका हुन ।

सम्मान ग्रहण पश्चातको मन्तब्यमा सम्मानित व्यक्तित्व उपाध्यायले यो कार्यक्रमबाट आफू अत्यन्तै खुशी भएको र यो खुशीलाई शब्दमा व्यक्त गर्न नसक्ने बताए। “अहिले म उमेरले ९१ टेकेँ। अहिलेसम्म त मलाई धेरै बाँच्नु राम्रो होइन भन्ने लाग्थ्यो, तर आज बाँचेकै राम्रो रहेछ भन्ने लागेको छ। म यति खुसी छु कि म यो भन्दा ज्यादा केहि भन्न सक्दैन,”उनले भने ।

कार्यक्रममा बोल्दै उपाध्यायका जेष्ठ सुपुत्र गोविन्द घिमिरेले होल्दे घिमिरे समाजको यो प्रयासलाई सराहना गरे।

माहिला सुपुत्र डा. मधुसुदन घिमिरेले खुसी स्वास्थ्यको मुल आधार हो भन्दै यस्ता कार्यक्रमले जेष्ठ नागरिक हरुलाई खुसी दिने बिचार व्यक्त गर्नुभयो भने साहिँला सुपुत्र दामोदर घिमिरेले जेष्ठ नागरिक हरुलाई खुसी दिने यस्तै अन्य तरिकाहरु खोजी गर्नुपर्ने विचार व्यक्त गरे।

कार्यक्रममा बोल्ने सबैजसो वक्ता हरुले जिवन पश्चात गरिने सम्मान भन्दा जिवन छँदै गरिने सम्मानको अर्थ र महत्व हुने र यसले जेष्ठ नागरिकलाई थप आत्मबल प्रदान गर्ने बिचार व्यक्त गरेका थिए।

सम्मान ग्रहण पश्चात घनश्याम उपाध्यायले कार्यक्रम आयोजक तथा उपस्थित सबैलाई टीका लगाईदिँदै स्वेच्छाले पुरुष बन्धुहरुलाई ढाकाटोपी तथा होल्दे घिमिरे समाजलाई छ हजार नगद सहयोग स्वरुप हस्तान्तरण गरे।

होल्दे घिमिरे समाजका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमकाे सहजीकरण समाजका कोषाध्यक्ष केशव शर्मा घिमिरेले गरेका थिए ।

कार्यक्रम पश्चात समाजका सदस्य क्वाडी निवासी गोविन्द घिमिरेले दाङबाट गएका समाजका पदाधिकारी हरुलाई होल्दे घिमिरे हरुको प्युठानको मुल थलो होल्दि खोलाको अवलोकन गराई त्यसको विविध ऐतिहासिक पक्ष बारे प्रकाश पारे।

समाजले होल्दे घिमिरे हरुको तिराम स्थित कुलपुजा स्थल तथा कुलायन मन्दिरको समेत अवलोकन गरि त्यस सम्बन्धी विविध ऐतिहासिक जानकारी हासिल गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्