थुनुवा कैदी छुटाइदिने भन्दै घुस लिने पक्राउ

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

दाङ – प्रहरी हिरासतमा रहेका थुनुवा छुटाईदिने भन्दै घुस लिने एक जनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ८ का प्रतीक बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवा छुटाईदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिएको आरोपमा २० वर्षीय बस्नेतलाई प्रहरीले पक्राउ गरेको प्रवक्ता गौतमले बताए । जिल्ला प्रहरी कार्यालय दाङमा रहेका थुनुवाहरू छुटाईदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्यूठानको बिजुवारबाट पक्राउ गरेको हो ।

सार्वजनिक अपराधमा २३ दिनसम्म थुनामा रहेका बस्नेतले थुनुवामा रहँदा सार्वजनिक अपराधमा संगै हिरासतमा रहेका, चिनजान भएका साथीहरूसँग उनका अभिभावकहरूको नम्बर लिएको र अभिभावकलाई फोन गरेर आफू जिल्ला प्रहरी कार्यालय दाङको मुद्दा फाँटको व्यक्ति रहेको भन्दै नगद रकम दिएपछि छुटाईदिने भनेर ५० हजार लिएको भन्ने कुरा अनुसन्धानपछि खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा निमित्त प्रमुख रहेका गौतमले जानकारी दिए ।

पक्राउ परेका वस्नेतको पृष्ठभुमिका लागु औषध कारोवारसंग जोडिएको र प्रहरीले निगरानि गरीरहेको छ । बस्नेतलाई प्रहरीले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरेर होहल्ला गरेको भन्दै सार्वजनिक अपराधमा मुद्धा चलाएको थियो । अभिभावकलाई बोलाएर जिप्रका नजिकैको होटलमा बसेर रकम लिएर फरार भएका बस्नेतलाई हिजो शनिवार पक्राउ गरेको गौतमले बताए । पक्राउ परेका बस्नेतलाई आज म्याद थप गरी थप अनुसन्धान अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्