शाइन रेसुङ्गा बैंकले दियो ग्राहकलाई गज्जबको अफर

दाङ समाचार
दाङ समाचार १३ भाद्र २०७९, सोमबार
2 Min Read
Aa

दाङ – लमहीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि. ले सेवाग्राहीका लागि गज्जबको अफर ल्याएको छ । उक्त अफर लमही शाखाका प्रमुख दीपेन्द्र बहादुर थापाले लमहीको एक सुनचाँदी व्यवसायीसंग कार्यान्यवन समेत गरिसकेका छन ।

लमही – कोइलाबास रोमा रहेको सुर्य लक्ष्मी सुनचाँदी पसलविच शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई सुर्य लक्ष्मी सुनचाँदी पसलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

डिजिटल कारोबारमा ग्राहकहरु आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरुलाई प्रोत्साहन गर्नका निमित्त शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यस सहकार्य मार्फत सुर्य लक्ष्मी सुनचाँदी पसलका सेवामा आकर्षक छुटको व्यवस्था गरेको हो ।

बैंकका ग्राहकले सुनचाँदीका गरगहना खरिद गर्दा कुनैपनि डिजिटल माध्यमबाट भुक्तानी गरेमा ज्यालामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना देशव्यापी रहेका शाखा तथा एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिंङ्ग सुविधाहरु दिदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पुर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिवद्धता जनाएको छ ।

त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लि.र लमही स्थित रहेको के.एन.मोवाइल एण्ड ग्याजेट स्टोरविच शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई के.एन.मोवाइल एण्ड ग्याजेट स्टोरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।

No description available.

डिजिटल कारोबारमा ग्राहकहरु आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरुलाई प्रोत्साहन गर्नका निमित्त शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले यस सहकार्य मार्फत के.एन.मोवाइल एण्ड ग्याजेट स्टोरमा आकर्षक छुटको व्यवस्था गरेको हो । बैंकका ग्राहकले नयाँ मोबाइल खरिद गर्दा कुनैपनि डिजिटल माध्यमबाट भुक्तानी गरेमा ३ प्रतिशत सम्म र मोबाईल एसेसरिज खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना देशव्यापी रहेका शाखा तथा एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिंङ्ग सुविधाहरु दिदै आएको र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पुर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्