शिक्षकले छात्रालाई दुर्व्यवहार गरेकाे भन्दै नाेबेल कलेजका विद्यार्थी आन्दाेलित

दाङ समाचार
दाङ समाचार १३ भाद्र २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल कलेजका विद्यार्थी आन्दालित भएका छन्। एक शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेकाे भन्दै उनीहरू आन्दालित भएका हुन्।

ती शिक्षकले विद्यार्थीलाई कलेजभित्र दुर्व्यवहार गरेकाे विद्यार्थीहरूले जनाएका छन्। उनीहरुले शिक्षकलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग राखेका छन्।

दुर्व्यवहारकाे आराेप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिइ साेधपुछ गरिरहेकाे छ। प्रहरीका अनुसार दुर्व्यवहारमा परेको भनिएकी छात्रा प्लस टुमा अध्ययनरत हुन्।

प्रतिक्रिया दिनुहोस्