दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अब केहि दिन पछि एमआरआई सेवा सुरु हुने भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले अबको १५ दिनमा एमआरआइ सेवा सञ्चालनमा आउने जानकारी दिए ।
प्रतिष्ठानका वायोमेडिकल इञ्जिनिएर शरद भण्डारीले केही दिन भित्रै अनलाईनको माध्यम र प्रत्यक्ष अस्पतालमा हुने तालिमपछि प्रतिष्ठानमा औपचारिक रुपमा सो सेवा प्रारम्भ गर्न सकिने बताए । करीव ३ महिना लगाएर एमआरआइ सेटअप गरिएको र एमआरआई जडानको काम अन्तिमचरणमा पुगिसकेको रजिष्ट्रार थापाले बताए ।
एमआरआई सेवाका लिनका लागि दाङवासी र यस आसपासका सर्वसाधारणलाई यसअघि बुटवल, नेपालगञ्ज, काठमाण्डौ जानुपर्ने वाध्यता अब देखि हट्ने भएको छ । प्रतिष्ठानमा अत्याधुनिक उपकरण थपिएसंगै पछिल्लोपटक सिटिस्क्यान मेसिन चालु अवस्थामै रहेको र अब एमआरआई सेवा सञ्चालनमा आए बिरामीको रोगको डाइग्नोसिस गरेर उपचार गर्न सहज हुने प्रतिष्ठानका सुचना अधिकारी निशान दाजु भट्टराइले जानकारी दिए ।
एमआरआई सेवा सञ्चालनमा आएमा दाङको स्वास्थ्य क्षेत्रको विकासमा महत्पुर्ण टेवा पुग्ने जिल्लाका सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्