नौ घण्टा पछि संचालनमा आयो दाङ सल्यान सडक

दाङ समाचार
दाङ समाचार १३ भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–कपुरकोट सडकखण्ड संचालनमा आएको छ । लगातार परेको अविरल वर्षाका कारण उक्त सडकखण्डमा पहिरो खस्दा सोमबार बिहान करिब ३ बजेदेखि अबरुद्ध भएको सडकखण्ड दिउँसो सवा १२ बजेदेखि संचालनमा आएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए।

डिएसपी मल्लका अनुसार तुलसीपुर उपमहानगरपालिका ३ स्थित साततलेमा पहिरो खस्दा बिहानैदेखि सवारी साधन संचालन ठप्प भएको थियो । पहिरो हटाएपछि एकतर्फी रुपमा सडक संचालनमा आएको डिएसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्