काठमाडाैँ वर्ल्ड स्कूलका विद्यार्थीबीच झगडा हुँदा अवस्था तनावपूर्ण

दाङ समाचार
दाङ समाचार १५ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

काठमाण्डौ – भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कूलमा अध्ययनरत विद्यार्थीबीच भएको झगडा बढ्दै जाँदा तनावपूर्ण अवस्था बनेको छ।

केही दिन पहिले विद्यार्थीबीच भएको झगडामा अभिभावक पनि सामेल भएपछि अवस्था तनावग्रस्त बनेर प्रहरी नै तैनाथ गर्नु परेको भक्तपुरका प्रहरी प्रवक्त डिएसपी राजु पाण्डेले जानकारी दिए।

बुधबार बिहानदेखि दुई पक्षका अभिभावसहितको झगडाले उग्ररूप लिएपछि अवस्था तनावग्रस्त बनेको हो।

सुरक्षाका लागि तैनाथ प्रहरीले केहीलाई लाठी प्रहार गरेर तितरवितर बनाएको छ। हाल अवस्था सामान्यतर्फ गएको डिएसपी पाण्डेले बताए।

‘गलत गर्ने विद्यार्थीलाई कारबाहीको माग गर्दै अभिभावक पनि आएपछि झगडा बढेको रहेछ’, डिएसपी पाण्डेले भने, ‘विद्यालय प्रशासनले छानबिन गरेर गलत भएको भए त्यसमा संलग्न विद्यार्थीलाई कारवाही गर्ने बताएको छ।’

प्रतिक्रिया दिनुहोस्