तालाबन्दी र हड्तालले विश्वविद्यालयको समस्या हल हुँदैनः प्रधानमन्त्री देउवा

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयमा रहेको समस्यालाई तालाबन्दी र हड्तालले समाधान गर्न नसकिने बताएका छन्। यसका लागि सम्बद्ध पक्षबीच संवाद र छलफल गर्नु पर्ने धारणा राखेका छन्।

 ६९औं वाणिज्य दिवसको अवसरमा शंकरदेव क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले उक्त धारणा राखेका हुन्।  ‘हाम्रा विश्वविद्यालयहरू तालाबन्दीबाट गुज्रेका छन्। यसलाई पदाधिकारी, प्राध्यापक, विद्यार्थी सबै मिलेर संवाद सहकार्यको माध्यमबाट सम्बोधन गरेर अघि बढ्नु पर्दछ।

तालाबन्दी गर्ने, हड्ताल गर्ने, अध्ययन–अध्यापनमा अनावश्यक कार्यले विश्वविद्यालयको समस्या समाधन हुँदैनन्,’ प्रधानमन्त्री देउवाले भने,‘यसका लागि सम्बद्ध पक्षबीच छलफल र संवाद गरी समाधान पहिल्याउनु पर्छ। राजनीतिक आग्रह र पूर्वागह्र भन्दामाथि उठेर विश्वविद्यालयको समस्यालाई रचनात्मक रुपमा हल गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्