वीपी, पुष्पलाल र सूर्यप्रसादको सालिकसहितको पार्क शिलान्यास

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – बुटवल उपमहानगरपालिकाले बुटवल–११ को प्रगतिनगरमा वीपी कोइराला, पुष्पलाल श्रेष्ठ र बुटवलका पूर्वनगर प्रमुख स्व. सूर्यप्रसाद प्रधानको स्मृतिमा सालिकसहित पार्क निर्माण गर्ने भएको छ ।

सहमति, सहकार्य, एकता र मेलमिलापको नीतिलाई व्यवहारमा उतार्न निर्वाचन घोषणापत्र अनुसार पार्क निर्माण गर्न लागिएको हो । १७ कठ्ठा १४ धुरमा बन्ने पार्कको शुक्रबार एक कार्यक्रमबीच नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरेका छन् ।

‘यो पार्कमार्फत बुटवल सबैको हो र हामी बुटवलका लागि हौं भन्ने भावना जागृत गराउनका लागि देशभर सन्देश दिनेछ’, पार्क शिलान्यासपछि पाण्डेयले भने, ‘यहाँको विकासका निम्ति हामी सबै मिलेर अघि बढ्नु आवश्यक छ, यसले बुटवललाई देशकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्न मद्दत गर्नेछ ।

’ सुन्दर पार्क बनेपछि बुटवलको रमणीय केन्द्र बन्ने र सार्वजनिक जग्गाको समेत संरक्षण हुने उनले बताए । विपद्का समयमा हुनसक्ने जोखिमका बेला उपयोग गर्न सकिने गरी पार्क निर्माण हुने र यसले स्थानीयबासिन्दालाई लाभ पुग्ने प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । कार्यपालिका बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षमा सालिक सहितको पार्क निर्माण गर्न ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्