राष्ट्रिय सभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय सभाले नागरिकतासम्बन्धी विधेयक हुबहु पारित गरेको छ। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रस्तुत रुपमा पुनः पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सो प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे।

फिर्ता भएको विधेयक २ भदौमा प्रतिनिधिसभाबाट हुबहु पारित भएर राष्ट्रिय सभामा आएको थियो। राष्ट्रिय सभाले पनि हुबहु पारित गरेको हो।

संविधान अनुसार अब राष्ट्रपतिले उक्त संशोधन विधेयक फेरि संसदमा फिर्ता पठाउन मिल्दैन। राष्ट्रपतिले प्रमाणीकरण गरे पछि उक्त ऐन लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्