दाङको जस्पुरमा तीनवटा बाख्रा, खसी चोरी

दाङ समाचार
दाङ समाचार १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ जस्पुरमा बाख्रा चोरी भएको छ । जस्पुर निबासी भोला बस्नेतको घरबाट गए राती चोरले ३ वटा बाख्रा र खसी चोरी गरेको पिडित बस्नेतले जानकारी दिएका छन् । बस्नेतको बाख्रा खोर नै रित्तो पारेर बाख्रा चोरी गरेको छ।

गयराती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको र विहान मात्र आफुले थाहा पाएको पिडित बस्नेतले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजी कार्यजारी रहेको जस्पुर प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्