नेपाल रेडक्रस सोसाइटीले मनायो ६० औं स्थापना दिवस

दाङ समाचार
दाङ समाचार १९ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – नेपाल रेडक्रस सोसाइटीको ६० औं स्थापना दिवस तुलसीपुरमा मनाईको छ । रेडक्रस दाङ शाखाको आयोजनामा दिवस मनाईएको हो ।

दाङ शाखाका सभापति नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले मानवीय सेवमा रेडक्रस अग्रसरतामा नेपाल रेडक्रसले भुमिका खेल्दै आईरहेको बताए । कार्यक्रममा रेडक्रस दाङका संस्थापक मन्त्री नवराज रजौरेले रेडक्रसको स्थापन र औचित्य बारे चर्चा गरेका थिए ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले बिपतको समयमा रेडक्रसले खेल्दै आएको भूमिकाको चर्चा गर्दै रक्त सेवाको सेवा उत्कृष्ट सेवाको रुपमा काम गर्दै आएको बताए।

डेनिस रेडक्रसका प्रतिनिधि सुर्य पौडेलले बिगत ४/५ बर्षदेखी नेपाल रेडक्रससग मिलेर काम गर्न पाएकोमा खुशी व्यक्त गरे ।

अन्तराष्ट्रिय रेडक्रस सन १८६३मा हेनरी डियुनाले स्थापना गरेका हुन भने एक सय बर्ष पछि नेपालमा सन १९७३ मा स्थापन भएको हो ।
कार्यक्रममा शाखाका उपसभापति मदन गौतमले स्वागत मन्तव्य र सहजीकरण शाखाका विश्राम अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्