जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

दाङ समाचार
दाङ समाचार २० भाद्र २०७९, सोमबार
1 Min Read
Aa

दाङ – जबरजस्ती करणी मुद्दाका फरार रहेका एक जना व्यक्ति १३ वर्षपछि पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका १ निवासी ३६ वर्षिय देविलाल भन्ने देव बहादुर डाँगीलाई घरमै लुकीछिपी बसीरहेको अवस्थामा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए ।

डाँगीलाई २०६६ साल फागुन १२ गते जबरजस्ती करणी मुद्दामा दाङ जिल्ला अदालत घोराहीले ५ वर्ष कैद सजाय तोकेको थियो । डाँगीलाई पक्राउ गरी आइतबार जिल्ला अदालत घोराहीमा बुझाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्