ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

दाङ – ट्रक दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको रोहिनी गाउँपालिका– ६ का वर्ष २६ सखर खाँ रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

उनी ट्रकका सहचालक हुन । दुर्घटनामा मृत्यु भएका खाँको शवलाई अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता गौतमका अनुशार घोराहीबाट भैसीको छाला बोकेर बिराटनगर तर्फ जाँदै गरेको लु २ ख ५९३ नम्बरको ट्रक घोराही–३ चौपट्टाको ओरालोमा बुधबार दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो ।

ट्रक ब्रेके फेल भएर दुर्घटना भएको हो । चालक र ट्रक धनी सम्पर्क बिहिन भएको र उनिहरुको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्