अपहरण कार्यमा संलग्न दुई जना पक्राउ

दाङ समाचार
दाङ समाचार २३ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – ईलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरण गरेको आरोपमा २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ निबासी २९ बर्षको जनक सुनार र ३४ बर्षका सन्तोष वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा तुलसीपुरकै बम घर्ती र घनश्याम पुन फरार रहेको र उनीहरुको खोजि कार्य जारि रहेको प्रवक्ता गौतमको भनाई छ।

उनीहरुले गत साउन २६ गते तुलसीपुर उपमहानगरपालिका–६ कपडादेवी निवासी अर्जुन पोखरेललाई घरबाट अपहरण गरेर भोलिपल्ट बिहान ३ बजे छोडेको आरोप लागेको छ ।

पिडितले भदौ १ गते ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । साढे तीन लाख रुपैयाँ लेनदेनको विषयलाई लिएर अपहरण गरेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्